गठ्ठाघरको अवस्था सामान्य बन्यो, नियमित सवारी सुचारू

1.8k Shares

 साउन ३१, भक्तपुर । गठ्ठाघरमा एउटा ट्रकले स्कुटरलाई ठक्कर दिएर चालकको ज्यान लिएपछि सुरु भएको तनाव अब साम्य भएको छ ।

दुर्घटनाका क्रममा रोकिरहेको स्कुटरलाई ट्रकले सोहोरेर चालकको ज्यान लिएको थियो । ना. ६ ख. २१७३ नम्बरको ट्रकले रोकिरहेको बा. ४९ प. ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिएपछि करिब सय मिटरसम्म घिसारेको थियो ।

दुर्घटनापछि स्थानीयले सडक अवरुद्ध गरेका थिए । ट्रकले स्कुटरलाई ठक्कर दिएपछि सोहोरेर लैजाँदा स्कुटरमा सवार महिलाको शरीर क्षतविक्षत भएको छ । तर अहिलेसम्म पनि उनको पहिचान खुल्न सकेको छैन ।

कोटेश्वरबाट भक्तपुरतर्फ जाँदै गरेको बा. ४९ प. ८९४४ नम्बरको स्कुटरलाई ट्रकले सोहोरेर ज्यान गुमाएकी महिलाकाे शव उठाइएकाे छ । शव उठाएसँगै अहिले यातायातका साधन पूर्ववत् अवस्थामा चल्न थालेका छन्

सम्बन्धित समाचार