थामेमा फेरि बाढीको सम्भावना छैन: गाउँपालिका अध्यक्ष

1.8k Shares

भदौ १ , काठमाण्डौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५,  स्थित थामेमा तत्काल बाढी आउने सम्भावना नरहेको गाउँपालिका अध्यक्ष मिङ्मा छिरिङ शेर्पाले बताएका छन् ।

उनी भन्छन् बाढीबाट प्रभावित अन्य ३१ घर परिवारलाई प्रतिपरिवार १० हजार रुपैयाँ दिएको, अन्य राहत पीडितको बर्गीकरण गरेर गाउँपालिकाले अन्य राहत वितरण गर्ने बताए ।

बस्तीदेखि माथिका हिमताल फुट्दा बाढी आएको र शनिबार हेलिकप्टरबाट अवलोकन गर्दा अरु तालहरु फुटेर तत्काल बाढी आउने जोखिम नदेखिएको गाउँपालिका अध्यक्ष शेर्पाले जानकारी दिएका छन् । 

शनिबार विहान रक्षामन्त्री तथा सोलुखुम्बुबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मानवीर राई, राष्ट्रियसभा सदस्य सोनाम ग्याल्जेन लामा, कोशी प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारी, गाउँपालिका अध्यक्ष मिङ्मा छिरि शेर्पा, राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल  पोखरेलसहितको टोलीले बाढी आएको क्षेत्रको हेलिकप्टरबाट अवलोकन गरेको थियो ।

 

सम्बन्धित समाचार