गोरखा मिडीयामा काम गरेका विपीनको संसदीय छानबिन विशेष समितिमा बयान

2k Shares

 भाद्र २, काठमाण्डौं । विभिन्न सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सह-महामन्त्री विपीन आचार्यसँग बयान लिएको छ । आइतबार सिंहदरबारमा बसेको समितिको बैठकमा आचार्यसँग बयान लिइएको हो ।

आचार्यले गोर्खा मिडिया नेटवर्कमा क्रिएटिभ डाइरेक्टरका रूपमा काम गरेका थिए । उक्त मिडियामा हाल फरार गितेन्द्रबाबु राई अध्यक्ष र रास्वपाका वर्तमान सभापति रवि लामिछाने प्रबन्ध निर्देशक थिए ।

गोर्खा मिडियामा हुँदा आचार्यले सूर्यदर्शन सहकारी र सुप्रिम सहकारीबाट कारोबार गरेको देखिएको समितिका एक सदस्यले बताएका छन् ।

समितिले आइतबार नै रास्वपा सभापति लामिछानेसँग पनि बयान लिने तयारी गरेको थियो । तर अन्य बयानका क्रममा पोलेका बयानकर्ताहरूको संख्या बढेकाले कार्यसूची फेरिएको छ ।

सम्बन्धित समाचार