1.5k
Shares
भाद्र ३, काठमाण्डौं । श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी पर्व आज देशभर रक्षाबन्धन एवं यज्ञोपवीत धारण गरेर मनाइँदै छ ।
सोमबारका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने क्रम जारी रहेको छ ।
काठमाडौँका पशुपतिनाथ, कोटेश्वर महादेव, स्वयम्भुनाथलगायत मठ–मन्दिर र चैत्यहरूमा रक्षाबन्धन धारण गर्नेहरुको भीड लागेको छ । जनैपूर्णिमाको अवसरमा परम्परादेखि नै विशेष खानाको रूपमा क्वाँटी खाने प्रचलन समेत रहिआएको छ ।