भाद्र ३, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को साउन २५ देखि ३१ सम्म बसेको स्थायी समिति बैठकले पार्टीको कार्यदिशा आठौँ माहाधिबेशनले निर्देशित गरे अनुसारकै भएको बताएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचीव देव गुरुङद्वारा जारी परिपत्रमा उक्त कुरा दोहोर्याएका हुन् ।
"पार्टीको कार्यदिशा दशवर्षको जनयुद्ध लगायत बिगतको आन्दोलन र बृह शान्ति सम्झौताबाट प्राप्त उपलब्धीको रक्षा, राष्ट्रियस्वाधिनता र आत्मनिर्भर अर्थत्न्त्रको निर्माण गर्दै नेपाली बिशेषताको समाजवादी क्रान्ति सम्पन्न गर्न २०७८ सालमा सम्पन्न पार्टीको आठौं महाधिबेसनबाट पारित प्रस्ताव २१ औं शताब्दीमा समाजवादको नेपाली बाटो मा उल्लेखित कार्यदिशा नै अहिलेको सन्दर्भमा सहि र बस्तुसम्मत कार्यदिशा रहेको निष्कर्ष निकालेको छ ।"
परन्तु आउने महाधिवेसनसम्म यहि कार्यदिशालाई समृद्ध गर्दै लैजानुपर्नेछ । कार्यदिशाले माग गरेबमोजिम यस बीचमा सदन र सरकार मार्फत पार्टीले अपनाएका कार्यनितिहरूमा कतिपय कमिकमजोरीका वावजुद मुलभुत सहि भएको निचोड माओवादीले निकालेको हो ।
कार्यनिति अनुसार कार्यक्रम कार्यन्वयन गर्न मुख्यत पार्टी संगठनमा निर्भर रहन्छ संगठन बल्लियो बनाएर अघि बढ्नुपर्दथ्यो सकिएन । अहिले पार्टीमा व्यक्तिगत स्वार्थ पद प्रतिष्ठा क्केन्द्रीत प्रबृति बढ्न थाल्यो त्यसले निजि स्वार्थ समुहहरू गुट-उपगुटहरू कृयासील हुने जस्ता नकारात्मक चिन्तन प्रबृति हाबी गतिबिधी देखिएको माओवादी बैठकको निष्कर्ष छ ।
माओवादी स्रोत भन्छ पार्टीको बिधान र बिधि पद्धतीलाई अवलम्वन गर्ने कुरा कमजोर बन्दा एक प्रकारको अराजक स्थिति पैदा भएको छ । उद्धार सोचहरूले गर्दा दुरुत्साहन गर्न सकिएन ।
तर अब पार्टी निर्माणको लागि निजी स्वार्थ केन्द्रीत गुट, उपगुटजन्य प्रबृतिहरूलाई दुरुत्साहित गर्दै पार्टील्लाई नयाँ उच्चाइमा एकताबद्ध गर्दै लैजानुपर्दछ ।
पार्टीलाई एकताबद्ध गर्दै विचार मिल्ने अन्य बाम घटकहरूसँग पनि बाम ध्रुबिकरण तथा बृहत कम्युनिष्ट पार्टी एकतामा जोड दिने तत्काल पार्टी एकता हुन नसकेका अन्य घटकहरूसँग समाजवादी मोर्चा निर्माण र विस्तार गर्दै लैजाने माओवादी निति लिनुपर्ने बताइएको छ ।