1.7k
Shares
१५ भदौ,काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी ८ फ्रेन्चाइज टोलीको नाम सार्वजनिक गरेको छ । एनपीएल आगमी नोभेम्बर ३० देखि २१ डिसेम्बरसम्म काठमाडौंमा हुनेछ ।
एनपीएलको टोलीको नाम पाँचवटा टीमको सहर र तीनवटा टीमको प्रदेशको नामबाट राखिएको छ ।
काठमाडौं, विराटनगर, जनकपुर, चितवन, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम एनपीएलमा सहभागी फ्रेन्चाइज टोली रहने भएका छन् । लुम्बिनी, कर्णाली र सदूरपश्चिम प्रदेशका नाममा रहेका छन् ।