भदौ १९, काठमाडौँ - नेपाल इन्जिनियरिङ एसोसियशन (नेईए) को चुनाव नजिकिएसँगै विभिन्न गठबन्धन अन्तर्गत बनेका प्यानलले सक्रियता बढाएका छन् । २८ गते हुने चुनावका लागि विभिन्न ४ वटा गठबन्धन बनेका छन् ।
जसमा ने.क.पा' (माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय इन्जिनियर संगठन (नियोन) र एमाले निकट प्रगतिशील इन्जिनियरिङ एसोसियशन (पिन), नेपाली कांग्रेस र एकीकृत समाजवादी निकट एकरएक वटा प्यानल सहित उम्मेद्वारी घोषणा गरेका हुन् ।
एसोसियशनको आगामी भदौ २८ गते ३४ औँ महाधिवेशनको मिति तोकिएको छ । महाधिवेशन मार्फत गठन हुने नयाँ कार्यसमितिका लागि उम्मेदवार तय गरेको छ । एसोसिएसनको नयाँ नेतृत्वका लागि नियोनले इन्जिनियर दीपक श्रेष्ठको नेतृत्वमा प्यानलसहित उम्मेदवारको नामावली टुङ्ग्याएको छ ।
नियोनले एसोसिएसनको अध्यक्षमा श्रेष्ठ, महासचिवमा इन्जिनियर राजेन्द्र बहादुर क्षेत्री ‘सफल’ उपाध्यक्षमा श्याम नारायण चौधरी, उप–महासचिवमा गजेन्द्र कुमार झा, कोषाध्यक्षमा देवेन्द्र बहादुर राउत, सह–कोषाध्यक्षमा भुवन पौडेललाई उम्मेदवर बनाउने निर्णय गरेको हो ।
नियोनको प्यानलबाट कार्यकारिणी सदस्यहरूमा अनिल नेपाल, खेम राज पोख्रेल, प्रवीण ढकाल, निर्मल कडरिया, यादव राज घिमिरे, सन्दीप केसी, अनुप क्षेत्री, लोकेन्द्र कार्की, विजय पौडेल, आकाश थापा मगर, समीप सुवेदी र शिशिर बस्नेतलाई समावेश गरिएको छ ।
उम्मेदवार टुङ्ग्याएसँगै यस प्यानलले संस्थाको प्रगति र सुधारका लागि विस्तृत कार्य योजना तयार पार्दै आगामी कार्यकालमा उल्लेखनीय योगदान गर्ने लक्ष्य तय गरेको छ । संस्थामा नयाँ विचार र दृष्टिकोणको आवश्यकता महसुस गर्दै यो प्यानलले संस्थालाई नयाँ उचाइमा पुर्याउन सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ ।
नियोनले यस प्यानलको जीतले संस्थामा सकारात्मक परिवर्तन ल्याउने र इन्जिनियरिङ पेसाको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ । भदौ २८ गते हुने एसोसिएसनको निर्वाचनमा इन्जिनियर श्रेष्ठ र क्षेत्रीको नेतृत्वमा रहेको नियोनको प्यानललाई मतदान गर्न अपिल गरेको छ ।