2.1k
Shares
भाद्र २८, काठमाण्डौ। नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको टी-२० फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) का आठ टोलीका मार्की खेलाडी घोषणा गरिएको छ।
नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलसहित दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, आसिफ सेख, कुशल भुर्तेल र कुशल मल्ल मार्की खेलाडी रहनेछन्।जसमा पोखरा, काठमाडौँ, जनकपुर, लुम्बिनी, चितवन, सुदूरपश्चिम, विराटनगर र कर्णाली गरी ८ फ्रेन्चाइजीले एनपीएलमा भाग लिने भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिगका लागि मार्की खेलाडी शुक्रबार सार्वजनिक गरेका छन।