भाद्र २८,काठमाडौं–राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई आफ्नो प्रदेशिक संरचना पेश गर्न पटक पटक पत्रचार गर्दा पनि पेश नगरेकोले पुनः ७ दिनको पत्रचार गरेको छ।
राखेपका सदस्य–सचिव एवं कार्यकारी समितिका संयोजक टंकलाल घिसिङको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो।