151
Shares
भाद्र २८,काठमाडौँ । भूकम्पपछि पुनर्निर्माण गरिएको धरहरा आगामी असोज ३ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ देखि अस्थायी रुपमा धरहरा खुला गर्ने निर्णय गरेको हो ।
२०७२ वैशाख १२ को शक्तिशाली भूकम्पले ढलाएको धरहरा आधुनिक, सुविधायुक्त र बलियो बनाइएको छ। अबको धरहरा अपांगता भएकाहरूले पनि चढ्न र हेर्न सजिलो छ । बाहिरीस्वरूप पुरानो धरहराजस्तै देखिने बनाइएको भए पनि भित्री संरचना भने फरक छ । संविधान दिवसको अवसर पारेर धरहरा अस्थायी रूपमा सञ्चालनमा ल्याउने निर्णय गरेको एक मन्त्रीले लुम्बिनि भ्याइस लाई जानकारी दिए ।