प्रगतिशील, वामपन्थी, समाजवादी र कम्युनिष्ट युवाहरुको साझा संगठनइन्टरनेश्नल लिग अफ सोसियलिष्ट युथ, इन्सीले तीन दिने समर स्कूलको आयोजनागरेको छ । काभ्रेको धुलिखेलमा आयोजना गरिएको क्लोज क्याम्पमा सवै प्रदेशको
प्रतिनिधित्व हुने गरी ३५ वर्षमुनिका ५५ जना युवाहरु सहभागी रहेका छन्। गुगल फर्ममार्फत आवेदन कल गरिएको कार्यक्रममा राजनिति, विज्ञान प्रविधि, दर्शन,अर्थशास्त्र, भुराजनिति, कृतिम वौद्धिकता, पर्यटन, संस्कुति, अन्तराष्टियतावाद, वर्ग
संघर्ष र क्रान्ति लगायतका विषयमा सम्वन्धित क्षेत्रका विज्ञहरुको प्रस्तुति सहितसहभागिहरुमाझ अन्तरक्रिया गर्दै नया सिकाइ प्रद्धति अनुसार सत्र अगाडी वढाउदै छन्।
सुवोध शेर्पालीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा काभ्रे जिल्लासमन्वय समितिका संयोजक दिपक गौतमले अतिथि र सहभागी सवैलाई शव्दद्धारा स्वागत गरेका थिए । आजको सत्रका प्रथम वक्ता पूर्व प्रधानमन्त्री एवं नेकपा(एकीकृत
समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले यो मुलुक सम्वृद्ध वनाउन युवाहरु सचेत रहनुपर्ने र सामुहिक रुपमा कार्यक्रमको आयोजना गरेका इल्सीको प्रसंसा गर्नु भएको छ ।६ वटा कक्षा संचालन भएको कार्यक्रममा राजनितिक अर्थशास्त्री डा. हरी रोका, संचारिका समुहको अध्यक्ष् विमला तुम्खेवा,राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र वस्नेत, भौतिकशास्त्रका प्रा.डा. दिपक सुवेदी र कृषि विज्ञ प्रमेश पोखरेललेआफ्नो प्रस्तुति राखेका थिए । आजको सत्रको मोडरेसन इल्सीका सदस्यद्धय प्रकाश सी र प्रेमा लामाले गरेका थिए ।कार्यक्रम ३ दिन सम्म चल्नेछ ।
आजको युगमा विज्ञान र प्रविधिमा भएको विकाशको रफ्तारसंगै युवाहरुले आफ्नो योग्यता र क्षमता अभिवृद्धि गरी समुन्नत देश निर्माण गर्न यो समाजवादी स्कुलले सहयोग पुग्नेछ । साम्राज्यवादी हस्तक्षेपका कारणमानवता द्धिविधामा रहेको वर्तमान अवस्थामा समाजवादी स्कूल आवश्यक रहेकोले
समर क्याम्पको आयोजना गरिएको इल्सीका सेक्रेटरी माधव पन्तले जानकारी दिएका छन्।