विपदमा सक्रियतापूर्वक उद्धार गर्न सभामुखको आह्वान

172 Shares

असोज १२, काठमाडौं । प्रतिनिधीसभाका सभामुख देवराज घिमिरेले विपद्को यस्तो घडीमा नागरिकको जीवन रक्षाका लागि सक्रियतापूर्वक उद्धार र राहतमा जुट्न सबैलाई आह्वान गरेका छन् ।

sabhamukha-apil.jpg

सभामुख घिमिरेले आज अपिल जारी गर्दै विपद्को यस्तो घडीमा नागरिकको जीवन रक्षाका लागि सक्रियतापूर्वक उद्धार र राहतमा जुट्न सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार साथै सुरक्षा निकाय, जनप्रतिनिधि, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, कर्मचारी वर्ग, सामाजिक सङ्घसंस्था र आम नेपाली जनतामा आह्वान गरेका हुन् ।

सम्बन्धित समाचार