1.3k
Shares
बागलुङ, कात्तिक २१ गते। बागलुङमा बुधबार बस दुर्घटना हुँदा २० जना घाइते भएका छन्।त्यस मध्ये ५ जना गम्भिर रहेको छ। दुर्घटनामा परेका सबै घाइतेलाई बुर्तिबाङ प्राथमिक केन्द्र बागलुङमा ल्याइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक सुनिल शर्मा ले जानकारी दिनुभयो।
रुकुमदेखि काठमाडौँका लागि छुटेको ना ८ ख ८४१४ नम्बरको बस बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा दुर्घटनामा परेको हो। गाडीमा ४० यात्रु सवार रहेको प्रहरीको भनाइ छ।