आजदेखि त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द

1.2k Shares

कार्तिक २३,काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) आजदेखि करिब पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द गरेर ट्याक्सी वे, एप्रोनलगायत विस्तारका काम गर्न लागेको हो ।

यी काम पूरा गर्न रु १५ अर्ब खर्च हुने आयोजनाले जनाएको छ । स्तरोन्नतिका क्रममा राति १०ः०० देखि बिहान ८ः०० बजेसम्मका सबै उडान कटौती हुनेछन् ।

दैनिक सात घण्टा उडान आवर घटेपछि करिब २९ प्रतिशत अन्तर्राष्ट्रिय र ३५ प्रतिशत आन्तरिक उडान कटौती हुने क्यानका सहप्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए । 

मर्मत अवधिभर विशेष सहुलियत दिएर भैरहवा र पोखरामा उडान सार्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई आग्रह गरे पनि अहिलेसम्म थाई एयर एसिया, जजिरा र फ्लाई दुबईबाहेक अन्यले स्वीकार गरेका छैनन् । उडान कटौती हुने भएपछि अन्य विमान कम्पनीसँगै नेपाल एयरलाइन्सले पनि उडान तालिका फेरबदल गरेको छ ।Tribhuwan-International-Airport-Kathmandu-Runway-1-2.jpgTIA2.jpg

मुलुकको जेठो अन्तर्राष्ट्रिय विमानस्थल टीआइएको पटकपटक मर्मत र क्षमता अभिवृद्धि गरिँदै आएको छ । विसं २०७७ मा सो विमास्थलको धावनमार्ग विस्तार गरी तीन हजार तीन सय मिटर कायम गरिएको थियो ।

सम्बन्धित समाचार