यु–१९ एसिया कप टोलीको घोषणा

1.4k Shares

संयुक्त अरव इमिरेट्स (युएई) मा  आगामि मङ्सिर १४ देखि २३ गतेसम्म अयोजना हुने यु–१९ एसिया कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा भएको छ ।

हेमन्त धामीको कप्तानीमा १८ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो । टोलीको उपकप्तानमा अर्जुन कुमाल छन् ।
आकाश त्रिपाठी, उत्तम रङ्गु थापामगर, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विश्वकर्मा, विपिन कुमार महतो, राजेश यादव, दयानन्द मण्डल, अपराजित पौडेल, अभिषेक तिवारी, दिलसाद आले र रञ्जित कुमार हुनुहुन्छ ।images (4).jpeg
टोलीको मुख्य प्रशिक्षकमा शक्ति गौचन र सहायक प्रशिक्षकमा धिरेन्द्र चन्द हुनुहुन्छ ।  

सम्बन्धित समाचार