पूर्वमन्त्री अधिकारीसँग जापान गएका ३ जनालाई धरौटीमा छाड्न आदेश

1.6k Shares

मंसिर१४,काठमाडौं।काठमाडौं जिल्ला अदालतले कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीसँग जापान गएका ३ जनालाई धरौटीमा छाड्ने आदेश दिएको छ । आज (शुक्रबार) जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले जनक राई, दावा शेर्पा र कन्चन देवकोटालाई जनही ५० हजार धरौटीमा छाड्ने आदेश दिएको हो । काठमाडौं जिल्ला अदालतबाट धरौटीमा छाड्ने आदेश भएका ३ जना नै पूर्वमन्त्री अधिकारीसँग जापान गएका थिए । पूर्वमन्त्री अधिकारीसहित ४ जनालाई नै जापानको अध्यागमन विभागले डिपोर्ट गरेको थियो ।

सम्बन्धित समाचार