अब काठमाडौं परिसरमा दुई एसपी

2.2k Shares

माघ २१,काठमाडौं ।जिल्ला प्रहरी परिसर काठमाडौंमा अब दुई जना प्रहरी उपरीक्षक ९एसपी० रहने भएका छन् । सोमबार प्रहरी प्रधान कार्यालयले प्रहरी नायब उपरीक्षक ९डिएसपी० बाट एसपीमा बढुवा भएका ३७ जनालाई पदस्थापन गरेको छ । पदस्थापन गर्दा पहिलो नम्बरमा बढुवा भएका एसपी कुलदिप चन्दलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा खटाइएको हो । यसअघि नै परिसरमा एसपी अपिलराज बोहरा कार्यरत छन् ।

 ‘कामको चापलाई मध्यनजरमा राखेर परिसरमा दुई जना ९एसपी०लाई खटाइएको प्रहरी प्रवक्ता डिआइजी दिनेश आचार्यले बताए,’ । यसअघि पनि परिसरमा दुई जना एसपी राख्ने कुरा चले पनि कार्यान्वयन भने भएको थिएन ।

सम्बन्धित समाचार