5.5k
Shares
चैत २८, बनेपा। काठमाडौंबाट रामेछापतिर गइरहेको बस काभ्रेमा दुर्घटना भएको छ । आज बिहान ८ बजेतिर भएको उक्त दुर्घटनामा परी ११ जना घाइते भएका छन् ।
बिहीबार बिहान करिब ८ः२५ बजेको समयमा काठमाण्डौबाट रामेछाप तर्फ जाँदै गरेको प्रदेश ३–०१–००६ ख १३३९ नम्बरको यात्रुवाहक बसले खाँदवारिबाट काठमाडौँतर्फ आइरहेको मे १ ख ३३९४ नम्बरको हायस गाडीलाई ठक्कर दिई बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।
दुर्घटनामा घाइते यात्रुमध्ये दुई यात्रुको अवस्था मध्यम र अन्य घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
बसका चालक इलाका प्रहरी कार्यालय मङ्गलटारको नियन्त्रणमा रहेका छन् ।