वनमन्त्री शाहीले गरे नागार्जुन रिसोर्टको औपचारिक उद्घाटन

4.4k Shares

 काठमाडौं । ओसो तपोवन नजिकै फोर स्टार लक्जरी नागार्जुन रिसोर्ट मंगलबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ ।

तारकेश्वर नगरपालिकाभित्र ठूलो लगानीको रिसोर्ट वन मन्त्री ऐनबहादुर शाहीले औपचारिक उद्घाटन गरेका हुन् । 

काठमाडौंमा सबैभन्दा नजिक रहेको लक्जरी रिसोर्टको औपचारिक उद्घाटन भएसंगै विभिन्न प्याकेजमा सुविधा लिन पाइने बताइएको छ । 

रिसोर्टमा स्विमिङ पुल, चिल्ड्रेन पार्क, स्पा, ज्याकुजीका साथै स्वदेशी तथा विदेशी परिकारका स्वाद लिन पाइने रिसोर्टले बताएको छ ।

IMG_4050.jpeg

नागार्जुनको पहिलो र काठमाडौंकै सबैभन्दा नजिकको रिसोर्ट भएको भन्दै यसले नेपालको पर्यटन क्षेत्रमा ठूलो योगदान दिने विश्वास लिइएको छ ।

सम्बन्धित समाचार