समानुपातिक सांसदसँग छलफल गर्दै प्रधानमन्त्री

1.2k Shares

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सबै पार्टीका तर्फबाट संसद्‍मा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दैछन् ।

छलफल बुधबार मध्याह्न १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजना हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । छलफलमा सांसदले आआफ्ना ‘क्लस्टर’ का समस्या, चुनौती तथा समाधानका उपायबारे धारणा प्रस्तुत गर्ने गरी कार्यक्रम तय भएको छ ।

अन्तरक्रियामार्फत जनप्रतिनिधि र कार्यपालिकाबीच प्रत्यक्ष संवाद स्थापित गरी नीति निर्माण तथा कार्यान्वयनलाई थप प्रभावकारी बनाउने उद्देश्य राखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि प्रधानमन्त्री बालेनन्द्र शाहले हरेक प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरिसकेका छन्।

सम्बन्धित समाचार