मच्छिन्द्र फुटबल क्लब तेस्रो इलाम गोल्डकपको फाइनलमा प्रवेश

1.3k Shares

काठमाण्डौ । मच्छिन्द्र फुटबल क्लब इलाममा जारी तेस्रो इलाम गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको सेमिफाइनलमा पथरी ११ मोरङलाई ५–२ गोलअन्तरले हराउँदै मच्छिन्द्रले उपािध यात्रा तय गरेको हो ।

मध्यान्तर अगाडिको खेलमा मच्छिन्द्र मिलन चाम्लिङ राईले १२औँ मिनेटमा पहिलो गोल गरेका थिए । पथरी ११ का मौसम लिम्बूले १६ औँ मिनेटमा जवाफी गोल गरे । यस्तै खेलको ३० औँ मिनेटमा मिलनले अर्को गोल गरेका थिए । मध्यान्तरपछिको खेलमा मच्छिन्द्रका सौरभ लिम्बू, अविनाश स्याङताङ र श्याम मुर्मुले गोल गरे ।

पथरीका सुजल डंगाेलले आफ्नो टोलीका लागि दोस्रो गोल गरे । खेलको म्यान अफ दी म्याच मच्छिन्द्रका मिलन चाम्लिङ राई घोषित भए । उनले आठ हजार एक नगद र ट्रफी प्राप्त गरे ।

बिहीबार दोस्रो सेमिफाइनल खेल एनआरटी र रोलिङ क्लब धुलाबारी झापाबीच हुने आयोजक रेडहर्ष फुटबल क्लबले जनाएको छ । यही १२ वैशाखसम्म प्रतियोगिता सञ्चालन हुने छ । विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउने छ ।

सम्बन्धित समाचार