स्मार्ट टेलिकमका पूर्व प्रबन्ध निर्देशक सर्वेश जोशी पक्राउ

1k Shares

काठमाडौं । टेलिकमका पूर्व प्रबन्ध निर्देशक सर्वेश जोशीलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले उनलाई ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी आरोपमा काठमाडौंको खुर्सानीटारबाट नियन्त्रणमा लिएको हो ।

जोशीले कम्पनीका सम्पत्ति गैरकानुनी रूपमा बिक्री गरी सरकारलाई नोक्सानी पुर्‍याएको आरोप छ । स्मार्ट टेलिकमको लाइसेन्स नवीकरण नभएपछि कम्पनी बन्द भइसकेको छ र यसको सम्पत्ति सरकारको नियन्त्रणमा आएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार