दीपक भट्ट र सुलभ अग्रवालको हिरासत बसाइ लम्बियो, अदालतले दियो थप १२ दिन म्याद

981 Shares

काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दामा आरोपित दीपक भट्ट र सुलभ अग्रवालको हिरासत अवधि पुनः थप गरिएको छ । विशेष अदालतले उनीहरूलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा १७ अनुसार म्याद थप गर्ने आदेश दिएको हो ।

अदालतको आदेशअनुसार दीपक भट्टको हकमा पाँचौँ पटक र सुलभ अग्रवालको हकमा छैटौँ पटक म्याद थप गरिएको छ। दुवैलाई बुधबारदेखि लागू हुने गरी थप १२ दिन हिरासतमा राखिने भएको छ ।

उनीहरूमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको सिफारिसमा अनुसन्धान भइरहेको छ। सरकारी वकिल कार्यालयमार्फत अभियोजन प्रक्रिया अझै बाँकी रहेको अदालतले जनाएको छ ।

साथै, संयुक्त अनुसन्धान टोलीबाट भइरहेको अनुसन्धान र हालैको कानुनी संशोधनलाई ध्यानमा राख्दै म्याद थप गरिएको अदालतले स्पष्ट पारेको छ । यस घटनाले उच्च प्रोफाइल आर्थिक अपराधसम्बन्धी मुद्दामा अनुसन्धान अझै गहिरिँदै गएको संकेत गरेको छ ।

सम्बन्धित समाचार