सरकारी कर्मचारीका १२ ट्रेड युनियनको दर्ता खारेज

1.4k Shares

काठमाडौं । सरकारी कर्मचारीसँग सम्बन्धित १२ वटा ट्रेड युनियन संगठनहरूको दर्ता खारेज गरिएको छ। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले बुधबार सूचना जारी गर्दै उक्त निर्णय सार्वजनिक गरेको हो ।

विभागका अनुसार खारेज गरिएका संगठनमध्ये ८ वटा निजामती कर्मचारीसँग सम्बन्धित छन् भने ४ वटा स्वास्थ्यकर्मीका संगठन रहेका छन् ।

दर्ता खारेज हुने निजामतीतर्फका संगठनहरूमा नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, नेपाल मधेशी निजामती कर्मचारी मञ्च, एकीकृत सरकारी कर्मचारी संगठन र स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन लगायत रहेका छन् ।

त्यसैगरी स्वास्थ्य क्षेत्रतर्फ नेपाल स्वास्थ्यकर्मी संघ, मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल, नेपाल स्वास्थ्यकर्मी युनियन, स्वास्थ्यकर्मी युनियन नेपाल, राष्ट्रिय स्वास्थ्यकर्मी संघ र राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठनको दर्ता पनि खारेज गरिएको विभागले जनाएको छ ।

विभागले कानुनी प्रक्रिया र मापदण्ड पूरा नगरेको आधारमा दर्ता खारेज गरिएको उल्लेख गरेको छ। यस निर्णयसँगै ती संगठनहरूको वैधानिक हैसियत समाप्त भएको छ ।

सम्बन्धित समाचार