प्रस्तावित प्रधानन्यायाधीश शर्मामाथि उजुरी दिन समिति खुला

1.5k Shares

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्माविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ ।

समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले १० दिनको समय दिएर उजुरी दिन सकिने व्यवस्था गरेको हो । समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट आधारसहित विद्युतीय वा अन्य माध्यमबाट उजुरी दर्ता गर्न सकिनेछ । प्राप्त उजुरीहरू जेठ ५ गते बस्ने बैठकमा खोलिने र अध्ययन गरिने जनाइएको छ ।

संवैधानिक परिषद्को बिहीबार बसेको बैठकले सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । अब संसदीय सुनुवाइबाट अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्ति हुने संवैधानिक व्यवस्था छ ।

सम्बन्धित समाचार