एसईई रिजल्ट आज सार्वजनिक हुने, वेबसाइट र एसएमएसबाट हेर्न सकिने

1.8k Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा केहीबेरपछि सार्वजनिक गर्ने भएको छ। परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार विद्यार्थीहरूले राति ९ बजेदेखि नतिजा हेर्न सक्नेछन् ।

नतिजा सार्वजनिक गर्ने निर्णय यसअघि नै बोर्ड बैठकबाट भइसकेको थियो। अहिले परीक्षा बोर्ड परिसर बाहिर विद्यार्थी र अभिभावकहरूको भीड लागेको छ ।

यसवर्षको एसईई परीक्षा गत चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन गरिएको थियो। उत्तरपुस्तिका परीक्षा केन्द्रमै परीक्षण गरिएकाले अघिल्ला वर्षको तुलनामा छिटो नतिजा सार्वजनिक गर्न लागिएको बोर्डले जनाएको छ ।

यसपटक एसईई परीक्षाका लागि कुल ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका थिए। नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जना र ग्रेडवृद्धितर्फ ७० हजार ८५५ जना सहभागी भएका थिए । परीक्षार्थीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र तथा अन्य ७ जना रहेका छन् ।

एसएमएस तथा आईभीआर सेवा

–नेपाल टेलिकम : १६००

–जानकी टेक्नोलोजी : ३५००१

–एम्बिसन गुरु : ३१०६१

वेबसाइटबाट कसरी ?

–आधिकारिक सरकारी साइट: www.see.gov.np र www.neb.gov.np

–नेपाल टेलिकम: www.see.ntc.net.np

–कान्तिपुर पब्लिकेसन्स: www.ekantipur.com

–इडियु सञ्जाल: www.see.edusanjal.com

 

सम्बन्धित समाचार