कुवेत जाने नेपालीलाई राहत, हवाई सेवा पुनः सुरु

1.6k Shares

काठमाडौं । कुवेत एयरवेजले काठमाडौं–कुवेत उडान पुनः सुरु गर्ने भएको छ । पश्चिम एसियामा जारी युद्धका कारण केही समय रोकिएको उडान अब सातामा दुई दिन सञ्चालन हुने एयरवेजले जनाएको छ ।

एयरवेजका अनुसार काठमाडौं–कुवेत रुटमा मंगलबार र बिहीबार नियमित उडान सञ्चालन हुनेछ । सार्वजनिक गरिएको नयाँ भाडादरअनुसार उक्त रुटको न्यूनतम एकतर्फी भाडा ९११ अमेरिकी डलर तोकिएको छ ।

कुवेत नेपाली कामदारहरूको प्रमुख श्रम गन्तव्य भएकाले उडान पुनः सञ्चालनमा आउँदा यात्रु आवतजावत तथा रोजगारीका लागि जाने नेपालीलाई सहजता हुने अपेक्षा गरिएको छ ।

पश्चिम एसियामा बढ्दो तनावका कारण केही अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भइरहेका बेला कुवेत एयरवेजले नेपाल–कुवेत उडान पुनः सञ्चालन गर्ने निर्णय गरेको हो ।

सम्बन्धित समाचार