अमेरिकी डलर महँगियो, नेपाली रुपैयाँमाथि बढ्दो दबाब
4.2k
Shares
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। नयाँ विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य फेरि बढेको देखिएको छ ।
राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिददर १५३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४६ पैसा कायम गरिएको छ । युरो एकको खरिददर १७८ रुपैयाँ ९५ पैसा तथा बिक्रीदर १८९ रुपैयाँ ६४ पैसा तोकिएको छ। त्यस्तै बेलायती पाउण्ड स्टर्लिङको खरिददर २०५ रुपैयाँ ४८ पैसा र बिक्रीदर २०६ रुपैयाँ २८ पैसा निर्धारण गरिएको छ ।
अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, जापानी येन, चिनियाँ युआन, साउदी रियाल, कतारी रियाललगायत विभिन्न विदेशी मुद्राको विनिमयदरसमेत राष्ट्र बैंकले सार्वजनिक गरेको छ । भारतीय १०० रुपैयाँको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।
राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै बेला परिवर्तन हुन सक्ने जनाएको छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने दर भने केही फरक हुन सक्ने पनि उल्लेख गरिएको छ ।