काठमाडौँ — नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुन तोलामा ५ सय रुपैयाँले बढेको हो।
आजका लागि सुनको भाउ तोलामा २ लाख ९५ हजार ३ सय रुपैयाँ तोकिएको छ। अघिल्लो दिन सुन २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। गत मंगलबार भने सुनको मूल्य ३ लाख २ हजार ९ सय रुपैयाँसम्म पुगेको थियो।
त्यस्तै, चाँदीको भाउ पनि बढेको छ। आज चाँदी प्रतितोला ५ हजार ८५ रुपैयाँ कायम गरिएको छ। अघिल्लो दिन चाँदी ५ हजार ४० रुपैयाँमा कारोबार भएको थियो। गत मंगलबार चाँदी ५ हजार ६९५ रुपैयाँमा कारोबार भएको थियो।
महासंघका अनुसार पछिल्ला दिनहरूमा अन्तर्राष्ट्रिय बजारको प्रभाव र आन्तरिक माग–आपूर्तिको कारण सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिँदै आएको छ।