दाङमा स्वर्गदारी दर्शनबाट फर्किंदै गरेको जीप दुर्घटना, ७ जना घाइते

4k Shares

दाङ । प्युठान जिल्लास्थित प्रसिद्ध धार्मिक स्थल स्वर्गदारी दर्शन गरेर दैलेख फर्किने क्रममा दाङमा जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।

आज बिहान करिब ४ बजे घोराही–मुर्कुटी सडकखण्ड अन्तर्गत घोराही उपमहानगरपालिका–४ र १ को सीमाना क्षेत्र औलाबासमा लु.प्र.०१–००–१ च ०६६९ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार जीपमा चालकसहित ७ जना सवार रहेका थिए । दुर्घटनामा सबै जना घाइते भएका छन् भने ३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

घाइतेहरूको उपचार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान मा भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ ।

 
 
सम्बन्धित समाचार