विश्वकप लिग–२: नेपाल र अमेरिकाबीच महत्वपूर्ण भिडन्त
3.5k
Shares
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अहिले नेपालले अमेरिकाविरुद्ध ब्याटिङ गरिरहेको छ । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा अमेरिकाले टस जितेर पहिले फिल्डिङ रोजेको हो ।
यसअघि भएको पहिलो भेटमा नेपालले अमेरिकालाई पराजित गरेको थियो। आजको खेलमा अमेरिका जित निकाल्दै प्रतियोगिताको शीर्ष स्थानमा आफ्नो अग्रता कायम राख्ने लक्ष्यसहित मैदान उत्रिएको छ ।
नेपाल हाल २२ अंकसहित लिग–२ तालिकाको पाँचौँ स्थानमा रहेको छ भने अमेरिका ३८ अंकसहित शीर्ष स्थानमा छ। नेपालको प्लेइङ–११ मा कप्तान रोहितकुमार पौडेलसहित कुशल भुर्तेल, आसिफ शेख, इशान पाण्डे, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने र ललितनारायण राजवंशी रहेका छन्।