महँगीको चापपछि कर्मचारीको तलब वृद्धि सिफारिस

2.5k Shares

काठमाडौं । सरकारी कर्मचारीको तलब वृद्धि गर्ने तयारी भएको छ। आगामी आर्थिक वर्षको बजेटका लागि न्यूनतम तलब ३५ हजार र अधिकतम तलब एक लाख २१ हजार पुर्‍याउन सिफारिस गरिएको हो।

सूत्रका अनुसार वित्त मन्त्रालय अन्तर्गत बनेको तलब–सुविधा पुनरावलोकन समितिले तलब समायोजनको प्रस्ताव सरकारलाई बुझाएको छ। हाल बढ्दो महँगी, जीवनयापन खर्च र कर्मचारीको मनोबललाई ध्यानमा राख्दै तलब वृद्धि आवश्यक ठहर गरिएको बताइएको छ।

प्रस्तावअनुसार सबै तहका कर्मचारीको तलब क्रमशः बढाइनेछ। तल्लो तहका कर्मचारीलाई बढी राहत पुग्ने गरी संरचना बनाइएको छ भने उच्च तहका कर्मचारीको तलब पनि समायोजन गरिने उल्लेख छ।

सरकारले यो सिफारिसलाई आगामी बजेटमार्फत कार्यान्वयन गर्ने तयारी गरेको छ। अन्तिम निर्णय भने बजेट प्रस्तुत हुँदा स्पष्ट हुने बताइएको छ।

सम्बन्धित समाचार