ईयू राष्ट्रका राजदूतसँग प्रधानमन्त्री शाहको संयुक्त संवाद गर्ने
1.4k
Shares
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोलि युरोपेली संघ (ईयू)मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त छलफल गर्ने भएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भोलि बिहान ११ः३० बजे हुने तय भएको उक्त कार्यक्रममा राजदूत तथा मिसन प्रमुखहरूसँग सामूहिक भेटघाट तथा संवाद गरिनेछ ।
प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार भेटवार्तामा नेपालको वर्तमान प्राथमिकता, नेपाल–ईयू सम्बन्धलाई थप मजबुत बनाउने विषय तथा आपसी सहकार्यका विविध आयामबारे केन्द्रित भएर छलफल हुनेछ ।
यसअघि पनि प्रधानमन्त्री शाहले गत चैत २५ गते नेपालस्थित विभिन्न मुलुकका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक संवाद गरेका थिए ।