साफ महिला च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात, भुटान पराजित

2k Shares

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपअन्तर्गत नेपालले विजयी सुरुवात गरेको छ। भारतको गोवास्थित जवाहरलाल नेहरू रंगशालामा सोमबार सम्पन्न खेलमा नेपालले भुटानलाई १–० गोलले पराजित गरेको हो।

नेपालका लागि गीता रानाले निर्णायक गोल गरिन्। उनले खेलको २३औँ मिनेटमा गरेको गोल नै नेपालको जितका लागि पर्याप्त बन्यो। त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा नेपालले महत्वपूर्ण तीन अंक हात पारेको हो।

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ। यस समूहमा नेपालसँगै श्रीलङ्का र भुटान रहेका छन्। समूह ‘बी’ मा आयोजक भारत, बङ्गलादेश र माल्दिभ्स छन्।

नेपालले अब आफ्नो दोस्रो खेल मे ३१ मा श्रीलङ्काविरुद्ध खेल्ने तालिका छ। समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।

उपाधि जित्ने लक्ष्यसहित प्रतियोगितामा सहभागी नेपाली टोलीले पहिलो खेलमै सुखद नतिजा निकाल्दै आत्मविश्वास बढाएको छ।

 
 
सम्बन्धित समाचार