प्रतिनिधिसभा बैठक आज बस्दै, पर्यटन र विधि विज्ञानसम्बन्धी विधेयक पेश हुने

981 Shares

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ । बैठक संसद् भवन सिंहदरबारमा बोलाइएको हो ।

संसद् सचिवालयका अनुसार आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ले ‘पर्यटन विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

त्यसैगरी प्रधानमन्त्री वालेन्द्र शाह का तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम ले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेश गर्नेछिन् ।

बैठकमा ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ माथि दफाबार छलफल गरी पारित गर्ने तयारी पनि गरिएको संसद् सचिवालयले जनाएको छ ।

सम्बन्धित समाचार