काठमाडौं । नेपालका सार्वजनिक संस्थानहरूको कुल सम्पत्ति ३.२ ट्रिलियन रुपैयाँभन्दा बढी पुगेको छ । आर्थिक सर्वेक्षण अनुसार सार्वजनिक संस्थानमा सरकारको सेयर तथा ऋण लगानी निरन्तर बढ्दै गएको देखिएको छ। हालसम्म सरकारको लगानी अर्बौं रुपैयाँको स्तरबाट बढेर खर्बौंमा पुगेको छ ।
प्रतिवेदनअनुसार सार्वजनिक संस्थानहरूमा राज्यको ठूलो मात्रामा सेयर तथा ऋण लगानी रहेको छ। यसमा बैंकिङ, ऊर्जा, यातायात तथा अन्य विभिन्न क्षेत्रका संस्थानहरू समावेश छन् ।
यद्यपि लगानी बढ्दै गए पनि धेरै संस्थानहरूको वित्तीय अवस्था मिश्रित रहेको छ । केही संस्थान नाफामा रहे पनि केही अझै घाटामा सञ्चालन भइरहेका छन्। यसले सरकारी लगानीको प्रतिफल र व्यवस्थापन प्रभावकारितामाथि प्रश्न उठाएको छ ।
आर्थिक क्षेत्रका जानकारहरूले सार्वजनिक संस्थानको सम्पत्ति वृद्धि सकारात्मक भए पनि यसको प्रभावकारी उपयोग, सुशासन र नाफामुखी सञ्चालनमा सुधार आवश्यक रहेको बताएका छन् । सरकारले सार्वजनिक संस्थानको सुधार, पारदर्शिता र कार्यक्षमता बढाउन नीतिगत सुधार आवश्यक रहेको समेत सुझाव दिइएको छ ।