राष्ट्रपतिलाई बजेटबारे अर्थमन्त्री वाग्लेको ब्रिफिङ, भोलि संसद्मा बजेट प्रस्तुत हुँदै
2.4k
Shares
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका मुख्य प्राथमिकता र सिद्धान्तबारे जानकारी गराउनुभएको छ ।
बिहीबार अपराह्न राष्ट्रपति कार्यालय पुगेर अर्थमन्त्री डा. वाग्लेले आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) सम्बन्धी विषयमा राष्ट्रपति पौडेललाई ब्रिफिङ गर्नुभएको हो ।
भेटका क्रममा अर्थमन्त्री वाग्लेले सङ्घीय संसद्मा पेस गरिएको आर्थिक सर्वेक्षण २०८२/८३ तथा सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन पनि राष्ट्रपतिसमक्ष प्रस्तुत गर्नुभएको छ ।
नेपालको संविधानअनुसार अर्थमन्त्री डा. वाग्लेले भोलि जेठ १५ गते शुक्रबार अपराह्न ४ बजे सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
अर्थ मन्त्रालयका अनुसार आगामी वर्षको बजेट निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।