विदेशी मुद्राको नयाँ दरः युरो र पाउन्ड पनि महँगिए

2k Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले निर्धारण गरेको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४१ पैसा कायम भएको छ।

त्यस्तै, युरोपियन युरो १ को खरिददर १७७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १७८ रुपैयाँ १३ पैसा तोकिएको छ। बेलायती पाउन्ड स्टर्लिङ १ को खरिददर २०४ रुपैयाँ ७७ पैसा तथा बिक्रीदर २०५ रुपैयाँ ५८ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।

यसैगरी, स्विस फ्र्याङ्क १ को खरिददर १९३ रुपैयाँ ६४ पैसा र बिक्रीदर १९४ रुपैयाँ ४० पैसा रहेको छ।

राष्ट्र बैंकले आवश्यकता अनुसार विनिमय दर जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमय दरमा केही फरक पर्न सक्ने उल्लेख गर्दै अद्यावधिक विवरण राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने जानकारी दिएको छ।

सम्बन्धित समाचार