काठमाडौँमा विशेष समारोहसहित गणतन्त्र दिवस मनाइँदै

904 Shares

काठमाडौँ । नेपालमा आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। विसं २०६५ जेठ १५ गते तत्कालीन संविधानसभाको पहिलो बैठकले २४० वर्षे राजतन्त्र अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ।

यस अवसरमा काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष समारोह आयोजना गरिएको छ। कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्रीहरू, सुरक्षा निकायका प्रमुख तथा विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागिता रहेको छ।

संघ, प्रदेश र स्थानीय तहका सरकारहरूले पनि देशभर विविध कार्यक्रम आयोजना गरेका छन्। सार्वजनिक निकायमा दीपावली, सांस्कृतिक प्रस्तुति, अन्तरक्रिया तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेका छन्।

सरकारले यस वर्ष पनि जेठ १४ देखि १६ गतेसम्म विशेष कार्यक्रमसहित गणतन्त्र दिवस मनाउने निर्णय गरेको छ। गणतन्त्र दिवसलाई नेपाली जनताको राजनीतिक परिवर्तन, लोकतान्त्रिक अधिकार र समावेशी शासन व्यवस्थाको महत्वपूर्ण उपलब्धिका रूपमा लिइन्छ।

सम्बन्धित समाचार