काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस भव्य रूपमा मनाइएको छ ।
उक्त समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालको उपस्थिति रहेको थियो ।
कार्यक्रममा मन्त्रीहरू, नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरू तथा अन्य विशिष्ट व्यक्तिहरूको समेत सहभागिता रहेको थियो । समारोहमा विभिन्न औपचारिक कार्यक्रमहरू प्रस्तुत गरिनुका साथै गणतन्त्र दिवस राष्ट्रिय उत्सवका रूपमा उत्साहपूर्वक मनाइएको थियो ।