सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक, १.९६ ट्रिलियन रुपैयाँ बराबरको विनियोजन
1.6k
Shares
काठमाडौँ । नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयका अनुसार यस वर्षको कुल बजेट १ खर्ब ९६ खर्ब ४ अर्ब ११ करोड रुपैयाँ (१.९६ ट्रिलियन रुपैयाँ) बराबरको विनियोजन गरिएको छ।
बजेटमा चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्थापनका लागि छुट्टाछुट्टै व्यवस्था गरिएको छ। कुल बजेटमध्ये ठूलो हिस्सा चालु खर्चमा विनियोजन गरिएको छ भने विकास तथा पूर्वाधारका लागि पुँजीगत खर्चमा रकम छुट्याइएको छ।
सरकारले बजेटमार्फत आर्थिक वृद्धि, रोजगारी सिर्जना, पूर्वाधार विकास, सामाजिक सुरक्षा र उत्पादनमूलक क्षेत्रको विस्तारलाई प्राथमिकता दिएको जनाएको छ। साथै, राजस्व वृद्धि, कर प्रणाली सुधार र सार्वजनिक खर्चलाई प्रभावकारी बनाउने लक्ष्य पनि लिइएको छ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको बजेट वक्तव्यमा आगामी वर्षको आर्थिक नीति तथा कार्यक्रमहरू कार्यान्वयनमार्फत मुलुकलाई दीर्घकालीन आर्थिक स्थायित्व र विकासतर्फ अघि बढाउने लक्ष्य राखिएको उल्लेख छ।