काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि निर्माणाधीन प्रसारण लाइन तथा सबस्टेशन आयोजनाहरूमा करिब ७० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै ऊर्जा पूर्वाधार विस्तारलाई प्राथमिकता दिइएको बताए। विनियोजित बजेटले प्रसारण लाइन विस्तार र सबस्टेशन निर्माणलाई तीव्रता दिने लक्ष्य राखिएको छ।