काठमाडौं । एशियन गेम्स महिला क्रिकेट छनोटअन्तर्गत नेपालले सेमिफाइनलमा मलेसियासँग प्रतिस्पर्धा गरिरहेको छ। मलेसियाको बायुमास ओभलमा जारी खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ।
यो खेल नेपालका लागि अत्यन्तै महत्वपूर्ण रहेको छ, किनभने यो खेल जितेमा नेपाल सिधै एशियन गेम्सका लागि छनोट हुनेछ। यसै छनोट प्रतियोगिताको अर्को सेमिफाइनलमा थाइल्यान्डले चीनलाई पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ र एशियन गेम्सका लागि पनि छनोट सुनिश्चित गरिसकेको छ।
नेपालले प्रतियोगिता सुरु हुनुअघि मलेसियासँग दुई वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलेको थियो, जसमा दुवै खेलमा नेपाल विजयी भएको थियो। त्यसैले नेपाल यो खेलमा आत्मविश्वासका साथ मैदानमा उत्रिएको छ।
यो खेलको नतिजाले नेपाल महिला क्रिकेट टोलीको एशियन गेम्स यात्रा तय गर्नेछ।