ठगी र सम्पत्ति शुद्धीकरण मुद्दामा फरार टिकटकर अधिकारी पक्राउ

1.5k Shares

काठमाडौं । टिकटकर तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ । उनलाई अहिले ललितपुर प्रहरीको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार एसपी गौतम मिश्रले उनलाई पक्राउ गरी नेपाल ल्याएर अनुसन्धान अघि बढाइएको जानकारी दिएका छन् । अधिकारीविरुद्ध करिब ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ बराबरको ठगी तथा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ ।

उनीविरुद्ध प्रहरी वृत्त सातदोबाटोमा ठगी तथा आपराधिक विश्वासघातको कसुरमा गत साउन महिनामा उजुरी परेको थियो । उजुरीपछि भएको अनुसन्धानका क्रममा बैंक खाता जाँच गर्दा ठूलो रकमको शंकास्पद कारोबार भेटिएपछि सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान पनि अघि बढाइएको प्रहरीले जनाएको छ ।

सातदोबाटोस्थित ‘हाम्रो अटोमोबाइल्स’ का सञ्चालक कुमार चिमोरियाले तुल्सा अधिकारीविरुद्ध प्रहरी वृत्त सातदोबाटोमा जाहेरी दिएका थिए । जाहेरीपछि उनी फरार रहेकी थिइन् र पछि रेड नोटिस जारी गरिएको थियो ।

रेड नोटिसपछि अन्तर्राष्ट्रिय समन्वयमार्फत उनलाई थाइल्याण्डमा पक्राउ गरी नेपाल ल्याइएको हो । अहिले उनलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

 
 
सम्बन्धित समाचार