काठमाडौँ । रोयल च्यालेञ्जर्स बेङ्गलोरले इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेको छ। गएराति सम्पन्न फाइनल खेलमा गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै बेङ्गलोरले लगातार दोस्रो पटक आईपीएलको उपाधि उचाल्न सफल भएको हो।
फाइनलमा गुजरातले प्रस्तुत गरेको १५६ रनको लक्ष्य बेङ्गलोरले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। सन्तुलित ब्याटिङ प्रदर्शनका साथ लक्ष्य भेट्टाउँदै बेङ्गलोरले सहज जित निकालेको थियो।
यस संस्करणको आईपीएलमा राजस्थान रोयल्सका युवा खेलाडी वैभव सूर्यवंशी सर्वाधिक रन बनाउने खेलाडी बने। उनले प्रतियोगिताभर ७७६ रन प्रहार गर्दै उत्कृष्ट प्रदर्शन गरे।
यस्तै, गुजरात टाइटन्सका तीव्र गतिका बलर कागिसो रबडाले २९ विकेट लिएर प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीको कीर्तिमान बनाए।