प्रतिनिधिसभा बैठक आज बस्दै, बजेटमाथि सामान्य छलफल सुरु हुने

1.8k Shares

काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्ने तय भएको छ।

आजको बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले प्रस्तुत गरेको बजेटमाथि सामान्य छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ।

कार्यसूचीअनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले गत शुक्रबार संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्।

त्यसपछि सांसदहरूले बजेटका विभिन्न पक्ष, प्राथमिकता, कार्यक्रम तथा स्रोत व्यवस्थापनबारे आफ्नो धारणा राख्नेछन्। बजेटमाथिको सामान्य छलफल संसद्को आगामी कार्यसूचीअनुसार केही दिनसम्म जारी रहने अपेक्षा गरिएको छ।

सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमा आर्थिक सुधार, उत्पादन वृद्धि, रोजगारी सिर्जना, पूर्वाधार विकास तथा निजी क्षेत्रको प्रवर्द्धनलाई प्राथमिकता दिएको जनाएको छ। बजेटमाथिको छलफलपछि सांसदहरूले उठाएका विषयमा सरकारले जवाफ दिने संसदीय प्रक्रिया रहेको छ।

 
 
सम्बन्धित समाचार