ईभी बजारलाई प्रवर्द्धन गर्ने नीति, उपभोक्तामा असर नपर्ने भनाइ

1.5k Shares

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युत महसुल र इलेक्ट्रिक सवारीसाधन (ईभी) सम्बन्धी नयाँ नीतिले उपभोक्तामा नकारात्मक असर नपर्ने बताउनुभएको छ ।

उहाँका अनुसार सरकारले ल्याएको नयाँ व्यवस्था अन्तर्गत विद्युतको मूल्यमा प्रत्यक्ष असर नपर्ने र उपभोक्ताले महँगो महसुस गर्नुपर्ने अवस्था नआउने दाबी गरिएको छ ।

त्यस्तै, ५० लाख रुपैयाँसम्मका इलेक्ट्रिक सवारीसाधनको मूल्य घट्दै जाने र ईभी बजारलाई प्रवर्द्धन गर्ने उद्देश्यले नीति सुधार गरिएको उहाँले स्पष्ट पार्नुभयो ।

सरकारले स्वच्छ ऊर्जा प्रयोगलाई प्रोत्साहन गर्ने, आन्तरिक उत्पादन बढाउने तथा यातायात क्षेत्रलाई विद्युतीकरणतर्फ लैजाने लक्ष्यसहित यी व्यवस्था ल्याइएको अर्थ मन्त्रालयले जनाएको छ ।

वाग्लेका अनुसार नयाँ नीतिले दीर्घकालीन रूपमा ईभी प्रयोगलाई सस्तो र सहज बनाउने तथा ऊर्जा क्षेत्रमा आत्मनिर्भरता बढाउने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार