काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल (एपीएफ) का सात जना नायब महानिरीक्षक (डीआईजी) को सरुवा र थप सात जनाको पदस्थापन गरेको छ ।
बिहीबार सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जानकारी गराएअनुसार सरुवा भएका डीआईजीहरूमा विष्णुप्रसाद भट्ट, दीपक अधिकारी, कृष्णराज पाठक, दीपेन्द्र शाह, कृष्ण ढकाल, दीपेन्द्र कुँवर र सुरेशकुमार श्रेष्ठ रहेका छन् ।
सरुवाअनुसार भट्टलाई नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, अधिकारीलाई नम्बर ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय महोत्तरी, पाठकलाई नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा पठाइएको छ ।
त्यस्तै, शाहलाई इन्टेलिजेन्स ब्युरो, ढकाललाई कार्य विभाग, कुँवरलाई मानवस्रोत विभाग र श्रेष्ठलाई सीमा सुरक्षा विभागमा जिम्मेवारी दिइएको छ ।
यस्तै, दिगविजय सुवेदीलाई नम्बर ७ वैद्यनाथ बाहिनी (कैलाली), किरण बस्नेतलाई नम्बर ३ गढिमाई बाहिनी (मकवानपुर), माधवप्रसाद पौडेललाई नम्बर ९ पशुपतिनाथ बाहिनी (काठमाडौं), प्रविण कँडेललाई नम्बर ४ मुक्तिनाथ बाहिनी (कास्की) मा पदस्थापन गरिएको छ ।
त्यसैगरी राजेश उप्रेतीलाई एपीएफ कमान्ड तथा स्टाफ कलेज, नेत्रबहादुर कार्कीलाई सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालय र राजेन्द्र खड्कालाई मानवस्रोत विभागमा पदस्थापन गरिएको छ ।
.png)




