लमहीमा रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

1.3k Shares

दाङ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपालिका–५ रातोडाँडामा रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

प्रहरीका अनुसार मंगलबार बिहान करिब ४ बजे ना ५ ख ९३३६ नम्बरको ट्रक बिग्रिएर सडक किनारमा रोकिएको अवस्थामा थियो। सोही क्रममा लु १२ प ९८४० नम्बरको मोटरसाइकल पछाडिबाट ट्रकमा ठोक्किएको हो।

दुर्घटनामा मोटरसाइकल चालक लमही नगरपालिका–७ हसनापुर निवासी करिब ३७ वर्षीय जीवन गिरी गम्भीर घाइते भएका थिए। उपचारका लागि लमही अस्पताल लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

त्यसैगरी मोटरसाइकलमा सवार सोही स्थानका करिब ३२ वर्षीय धनिराम चौधरी घाइते भएका छन्। उनको अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट रोकिएको ट्रकसँग मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको देखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ।

सम्बन्धित समाचार