नीति कार्यान्वयन सहज बनाउन कानुनी सुधार आवश्यक: कानुनमन्त्री गौतम
2k
Shares
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले समयानुकूल र प्रभावकारी कानुन निर्माणका लागि मन्त्रालयहरूलाई प्राथमिकताका आधारमा विधेयकको सूची तयार गरी समयमै पेश गर्न आग्रह गरेकी छन्।
विज्ञान, अर्थ, गृह तथा ऊर्जा मन्त्रालयसँग भएको छलफलमा उनले कानुनलाई नीति कार्यान्वयनको मुख्य आधार भन्दै स्पष्ट कार्यतालिका बनाएर विधेयक अघि बढाउनुपर्नेमा जोड दिइन्। सहभागी मन्त्रीहरूले आवश्यक कानुनी सुधार र समन्वयमार्फत दिगो तथा व्यवहारिक कानुन निर्माणमा प्रतिबद्धता जनाएका छन्।